Kathmandu Press

नेकपा एसको महाधिवेशन आगामी असार १६ देखि २०सम्म

पार्टीको शनिबार र आइतबार बसेकोस्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निर्णय गरेको प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।
नेकपा एसको महाधिवेशन आगामी असार १६ देखि २०सम्म

काठमाडौं, वैशाख ३० : नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने भएको छ।  

पार्टीको शनिबार र आइतबार बसेकोस्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निर्णय गरेको प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

‘पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म गर्ने निर्णय भएको छ,’ उनले भने, ‘महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुनेछ।’

प्रवक्ता खतिवाडाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको आगामी कार्यदिशालाई अभिव्यक्त गर्ने समाजवादी कार्यक्रम र विधान प्रतिवेदन पेश हुने बताए।

यी चार वटा विषयमा बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने उलने बताए।

प्रकाशित मिति: १७:२० बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्