Kathmandu Press

नेप्से ८.२६ अंकले बढ्यो

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्तबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। निर्जीवन बीमा २.६४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.४९ प्रतिशतले बढेका छन्।
नेप्से ८.२६ अंकले बढ्यो

काठमाडौं, वैशाख ३० : साताको पहिलो दिन सेयर बजारमा सुधार छ। परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बन्द भएको छ।

७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ।

Hardik ivf

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्तबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। निर्जीवन बीमा २.६४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.४९ प्रतिशतले बढेका छन्।

१२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ७ कम्पनीकाने सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा सांग्रिला विकास बैंक छ। उक्त बैंकको १० करोड ५ लाखको सेयर किनबेच भएको छ। पोखरा फाइनान्स ८ करोड ६ लाख, सोनारी मिनरल्स ७ करोड ७१ लाख र शिवम् सिमेन्ट ७ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे । उन्नति सहकार्य लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायत बढ्नेको सूचीमा छन्।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्