Kathmandu Press

विकल पौडेलसहित ६ जनाविरुद्ध झण्डै ४१ करोड भ्रष्टाचारको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विकल पौडेलसहित ६ जनाविरुद्ध झण्डै ४१ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं, वैशाख ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचारको आरोपमा पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध मुद्दा दायर भएको हो।

Hardik ivf

मुख्य प्रतिबादी बनाइएका पौडेल, श्रेष्ठ र पोखरमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यो मुद्दासहित पौडेलविरुद्ध विशेष अदालतमा तीनवटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन्। उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा समेत अख्तियारले छानविन गरिरहेको छ।

यी प्रतिबादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय गरी भ्रष्टाचारको अनुपातमा विगो असुल गर्न अदालत समक्ष माग गरिएको छ।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्