Kathmandu Press

सन्ताेष साहकाे ‘मिथिला थाली’ झम्सीखेलमा

जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारसहितको विशिष्ठ होटल ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका साहले सोही प्रकृतिको होटल काठमाडौंमा समेत संचालन गरेका हुन्।
सन्ताेष साहकाे ‘मिथिला थाली’ झम्सीखेलमा

काठमाडौं, वैशाख ३० : काठमाडौंको झम्सीखेलमा पहिलो पटक मिथिला खानाको परिकारसहितको विशिष्ट होटल ‘मिथिला थाली’ सञ्चालनमा आएको छ।

अन्तर्राष्ट्रियस्तरमा चर्चित मास्टर सेफ सन्तोष साहले सञ्चालनमा ल्याएको ‘मिथिला थाली’मा मिथिला परिकारहरु उपलब्ध छन्।

जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारसहितको विशिष्ठ होटल ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका साहले सोही प्रकृतिको होटल काठमाडौंमा समेत संचालन गरेका हुन्।  

Hardik ivf

बढदो आधुनिकतासँगै विलप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढीलगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुर्याउने उद्देश्यले मिथिला थाली सञ्चालनमा ल्याइएको साहले बताए।

Photos-(1)(2)-1715508384.jpg

‘नेपालीहरुको सोच बदलिसकेको छ । नेपालमा केही हँुदैन, केही गर्नै सकिदैन भन्ने युवा जमातको लर्को छ। सास्टर सेफ जितिसकेपछि अब म जे गर्छु नेपालमा गर्छु भन्ने योजना बनाएर फर्किएँ,’ उनले भने, ‘जनकपुरधाम मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले त्यहाँबाट हामीले सुरुवात गरेका हौं। अब काठमाडौंमा पनि भयो।’

उनले विस्तारै, धरान, नारायणघाट, नेपालगञ्जलगायतका ठाउँमा पनि खोल्ने योजना पनि सुनाए। दुई वर्ष पहिले आफू विदेशमा जागिर गरिरहेको भएपनि अहिले आफ्नै देशमा दुईसय बढी नेपालीलाई रोजगारी दिन पाएकोमा साहले खुशी व्यक्त गरे।

Chef-Santosh-Shah-1715508384.jpg

बाल आश्रम र देख्न तथा सुन्न नसक्ने नागरिकलाई समेत सहयोग गरिरहेका साहले दोहा कतारमा मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने लक्ष्य सुनाए।

साकाहारीतर्फ मात्र २ सय ५० रुपैंयाँमा दाल, भात, बिरियासहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने साहले बताए।

Photos-(8)-1715508385.jpg

Photos-(2)(5)-1715508384.jpg

Photos-(9)(2)-1715508384.jpg

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्