सभामुख घिमिरेको कार्यकक्षमा दलहरूको बैठक
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक भइरहेको छ।
काठमाडौं, वैशाख २९ : सभामुख देवराज घिमिरेको पहलमा सिंहदरवारमा दलहरूको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक भइरहेको छ।
नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आएको छ।
सभामुख घिमिरेले सदनको गतिरोध अन्त्य लगायत विषयमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका हुन्।
प्रकाशित मिति: १५:०५ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)