कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने, वहिष्कार गर्ने कांग्रेसको तयारी
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गते विहान ११ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
मोरङ, वैशाख ३० : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गते विहान ११ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। विश्वासको मत लिने तयारीका लागि कार्कीले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन्।
यता नेपाली कांग्रेसले भने मुख्यमन्त्री कार्कीको विश्वासको मत लिने बैठक बहिस्कार गर्ने भएको छ। कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै बहिस्कार गर्ने तयारी गरेको हो।
गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)