Kathmandu Press

फोटो पत्रकार श्रेष्ठले गरिन् दोस्रो पटक सगरमाथाको आरोहण

उनले ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन्।
फोटो पत्रकार श्रेष्ठले गरिन् दोस्रो पटक सगरमाथाको आरोहण
फाइल तस्बिर।

काठमाडौं, वैशाख ३० : फोटो पत्रकार पुर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन्।

यसअघि उनी सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखर सगरमाथामा पुगेकी थिइन्। सफल सगरमाथा आरोहणसँगै श्रेष्ठ सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार हुन्।

उनले ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन्।

गोरखाकोे आरुघाटमाकी ३२ वर्षीय श्रेष्ठले २६ सेप्टेम्बर २०१७ मा किल्लर माउण्टेनका रुपमा चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन्।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्