Kathmandu Press

‘प्रतिपक्षीसँग गम्भिरतापूर्वक छलफल भयो, नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्छ’

प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने बताए।
‘प्रतिपक्षीसँग गम्भिरतापूर्वक छलफल भयो, नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्छ’

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दलसँग गम्भीर छलफल भएको बताएका छन्।

आइतबार दिउँसो राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने बताए।

Hardik ivf

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। उसले नीति तथा कार्यक्रम पनि ल्याउन नदिने बताएको छ।

प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका कांग्रेस शीर्ष नेताहरुसँग यो विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको छलफल सकारात्मक भएकाले नीति तथा कार्यक्रम बिनाअवरोध संसदमा प्रस्तुत हुने बताए। जेठ १ गते नीनित तथा कार्यक्रम आउँदैछ।

कांग्रेससँग सोमबार बेलुकासम्म छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए। ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भिरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ। भोलि बेलुकासम्म हामी निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,’ प्रधानमन्त्री दाहालले भने।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्