Kathmandu Press

चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो।
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

सुनसरी, वैशाख ३० : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो।

Hardik ivf

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको मोटरबोटसहितको विपद् उद्धार टोलीले स्नान गर्दा खोलाले बगाएर लगेका, खोलामा बेहोस् भएका गरी ३६ जनाको उद्धार गरिएको मुख्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोख्ररेलले जानकारी दिए।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन सयजना सुरक्षाकर्मी खटाइएको र प्रहरी नायव उपरिक्षकको कमाण्डमा मेलाको अवधिभर स्नानस्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्