Kathmandu Press

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।
सुनको मूल्य बढ्यो

काठमाडौ, वैशाख ३० : स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय २५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:०१ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्