राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालको दिए राजिनामा
सय रूपैयाँकाे नाेटमा चुच्चे नक्सा छाप्ने सरकारकाे निर्णयकाे विरूद्धमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका डा. नेपालले राजिनामाका हुन्।
काठमाडौं, वैशाख ३० : राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले राजिनामा दिएका छन्।
सय रूपैयाँकाे नाेटमा चुच्चे नक्सा छाप्ने सरकारकाे निर्णयकाे विरूद्धमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका डा. नेपालले राजिनामाका हुन्।
डा. नेपालकाे राजिनामा स्वीस्कृत पनि भइसकेकाे छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिइन्।
‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: ११:२८ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)