Kathmandu Press

‘प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भयो’

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
‘प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भयो’

काठमाडौं, वैशाख ३० : संसदमा देखिएको अतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुटारमा कांग्रेस नेताहरुसँग छलफल गरेका हुन्।

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्ने कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। संसदीय छानविन समिति नबनाए नीति तथा कार्यक्रम पनि ल्याउन नदिने कांग्रेसले बताएको छ।

Hardik ivf

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनले प्रधानमन्त्री दाहाल सदन खुलाउने विषयमा साकारात्मक भएको उल्लेख गरे।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

 

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्