चितवनमा स्कुल बसमा आगजनी
भरतपुर–२० दद्रहनी पुल नजिक बिहान साढे आठ बजेतिर बा प्र ०६–००१ क ००४५ नम्बरको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ।
चितवन, वैशाख ३० : भरतपुरको मंगलपुर नजिक कल्याणपुरको स्मलहेभन स्कुलको बसमा आइतबार बिहान आगजनी भएको छ।
६ सनाको समूहमा आएका अज्ञात समूहले विद्यार्थी लिन जाँदै गरेको बसलाई रोकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेका हुन्।
भरतपुर–२० दद्रहनी पुल नजिक बिहान साढे आठ बजेतिर बा प्र ०६–००१ क ००४५ नम्बरको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनवटा मोटरसाइकलमा आएका उनीहरुले पेट्रोल छर्किएर आगो लगाएका हुन्।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ। त्यो समूहले सहचालकको मोबाइलसमेत लुटेर लगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:१० बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)