कामीरिता चढे २९औं पटक सगरमाथा
कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्।
काठमाडौं, वैशाख ३० : आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। उनी २९औं पटक सगरमाथा चढ्ने एक्ला व्यक्ति हुन्। यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो।
कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्।
सोलुखुम्बुको थामेका कामीरिताले सन् १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए। उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन्।
प्रकाशित मिति: १०:३६ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












