Kathmandu Press

संसद् खुलाउन प्रधानमन्त्रीको पहल, कांग्रेस शीर्ष नेताहरू बालुवाटारमा

कांग्रेसले संसदमा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लागेका हुन्।
संसद् खुलाउन प्रधानमन्त्रीको पहल, कांग्रेस शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौं, वैशाख ३० : सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थालेका छन्।

कांग्रेसले संसदमा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि केहीबेर अघि कांग्रेस नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

Hardik ivf

भेटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्।

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागेपनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचनाहरु लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ।

तर छानविन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा छन्।

कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानविन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो।

सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर कांग्रेसले भने संसदीय छानविन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ।

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्