बत्तीसपुतलीमा छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ
प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । शनिवार साँझ करिब ७ ः ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन÷चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो ।
काठमाडौं, वैशाख ३० : काठमाडौंको बत्तीसपुतलीमा शनिवार बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ । शनिवार साँझ करिब ७ ः ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन÷चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएको थियो ।
छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ ः४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । ‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)