एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
हिजो (शनिबार) देखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
काठमाडौं, वैशाख ३० : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
हिजो (शनिबार) देखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।
स्थायी कमिटी बैठक सकिएलगत्तै पोलिटब्युरो बैठक समेत बोलाइएको उनले बताए ।
प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)