Kathmandu Press

फुलहमलाई हराउँदै सिटी शीर्ष स्थानमा

अब बाँकी २ खेलमा ४ अंक जोड्न सके सिटी कीर्तिमानी लागतार चौथो पटक च्याम्पियन बन्ने छ।
फुलहमलाई हराउँदै सिटी शीर्ष स्थानमा

काठमाडाैं, वैशाख २९ : म्यान्चेस्टर सिटी प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ भएको खेलमा फुलहममाथि ४–०को सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

सिटीलाई जित दिलाउन जस्को ग्वार्डिओलले २ गोल गरे भने फिल फोडेन र जुलियल अल्भारेजले पनि गोल गरे। सिटीले पहिलो हाफ १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

१३औं मिनेटमा ग्वार्डिओलको गोलमा सिटीले सुरुआती अग्रता लियो। उनले केभिन डे ब्रुयनसँग वान टु वान पास खेल्दै गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

५९औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा फिल फोडेनले सिटीको अग्रता दोब्बर बनाए। ७१औं मिनेटमा ग्वार्डिओलले सिल्भाकै पासमा गोल गर्दै सिटीलाई ३–०को सहज अवस्थामा ल्याए।

त्यसपछि इन्जुरी समयको छैठौं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ४–०को जित दिलाए। इसा डिओपले डिबक्समा फाउल गरेपछि सिटीले पेनाल्टी पायो भने डिओपले रातो कार्ड पाएका थिए।

जितपछि सिटीले २६ खेलमा ८५ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ८३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ। अब बाँकी २ खेलमा ४ अंक जोड्न सके सिटी कीर्तिमानी लागतार चौथो पटक च्याम्पियन बन्ने छ।

प्रकाशित मिति: २१:१२ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्