‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण
कृतिमा अनिद्राबाट उत्पन्न गराएको निराशा, बेचइनी र पीडाबाट संसार नै त्याग्न पर्छ कि भन्ने सोचमा पुगिसकेका लेखकलाई औषधिभन्दा आत्मबलबाटै निदाउन बल प्रदान गरेका घटना र विषयवस्तु सन्देशका रूपमा समेटिएको छ।काठमाडौं, वैशाख २९ : लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ।
लेखक स्वयमको अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश छ।
हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवनस्थित चतुर्भुजेश्वर जनता माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति खगेन्द्र भट्टराई, नेपाल सरकारका पूर्वसचिव दिनेशहरि अधिकारीलगायतले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे।
कृतिमा अनिद्राबाट उत्पन्न गराएको निराशा, बेचइनी र पीडाबाट संसार नै त्याग्न पर्छ कि भन्ने सोचमा पुगिसकेका लेखकलाई औषधिभन्दा आत्मबलबाटै निदाउन बल प्रदान गरेका घटना र विषयवस्तु सन्देशका रूपमा समेटिएको छ।
‘एकरातको निद्राले सात रात पीर्छ’ भन्ने भनाइ रही आएकामा लेखकको आहार र बिहार ठीकठाक रहदाँ पनि अचानक वर्षौसम्म अनिन्द्राबाट गुज्रनुपरेको घटना र परिवेश पुस्तकमा सटिक र बुँदागतरूपमा राखिएको छ। अनिद्रा मेटाउने क्रममा चिकित्सकबाटै सिफारिस गरिएका औषधिले समस्या निदानको साटो घातक भएको उल्लेख छ।
कृतिमा अस्पताल र डाक्टरको कुचक्र, मेडिकल क्षेत्र र अनिद्राको उपचार, निन्द्राका गोलीको केही तथ्य, दिमागका नकारात्मक पक्ष, किन अनिन्द्राले सताउँछ रु पीडितबाट अन्जानमा हुने केही गल्ती, समाधानका सूत्र, केही बाह्य उपायलगायतका शीर्षकमा लेखकले आफना भोगाई प्रस्तुत गरेका छन्।