Kathmandu Press

‘पर्यटन प्रवर्धनमार्फत समृद्धितर्फ लागौं’

उनले जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने बताउँदै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए।
‘पर्यटन प्रवर्धनमार्फत समृद्धितर्फ लागौं’

काठमाडौं, वैशाख २९ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनमार्फत समृद्धि हासिल गर्न सबै राजनीति दल र जनप्रतिनिधि एक भएर लाग्नुपर्ने बताएका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले भौगोलिक जटिलता रहेको महालक्ष्मी नगरपालिका राजनीतिक दलहरुबाट उपेक्षित रहनु दुखद् बताउँदै यसको विकासमा सबै एक भएर लाग्नुपर्ने बताए।

Hardik ivf

‘जंगलको बीचमा रहेको यो वडामा वन्यजन्तुको भय भएको, हिउँदमा चिसोले कठ्यांग्रिने, बर्खामा उत्पादन केही पनि नहुने र जुका लागेर घाँसदाउरा गर्न अवरोध हुने परिस्थिति छ। यो वडा सबैभन्दा पछाडि र अपहेलनामा परेको ठाउँ हो,’ उनले भने, ‘आज एउटा आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रको सामाजिक विकास र भौतिक विकास लागि जनप्रतिनिधिहरु अझै जागरुक हुने बेला आएको छ।’

उनले जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने बताउँदै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए।

स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै उनले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १९:१० बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्