ललितपुर वुमन्स च्याम्पियन्ससिप : ललितपुर ११ को विजयी सुरुआत
ललितपुर महानगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितामा घरेलु टोली ललितपुर –११ ले विजयी सुरुआत गरेको छ। ललितपुर ११ ले बागमति प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। ५३ रनको सामान्य लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।काठमाडौं, वैशाख २९ : ललितपुर वुमन्स च्याम्पियन्ससिप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए।
ललितपुर महानगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितामा घरेलु टोली ललितपुर –११ ले विजयी सुरुआत गरेको छ।
ललितपुर ११ ले बागमति प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। ५३ रनको सामान्य लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
ललितपुरको जितमा पूजा महतोले नटआउट पारि खेलिन्। उनले ३० बलमा ३ चौका प्रहार गर्दै २३ रनमा नटआउट रहिन्। यस्तै, लक्ष्मी चौधरीले १२ रन बनाउँदा ७ बलमा ३ चौका हिर्काइन्। किरण कुँवर र सरस्वती घर्तीमगरले ६–६ रनको योगदान गर्दा बागमतीकी खुशी डंगोलले एक विकेट लिइन्। खुशीले लक्ष्मी चौधरीलाई आउट गर्दा किरण र सरस्वती भने रनआउट भएका थिए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा समेटिएको थियो।
बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २० रन बनाउँदा २६ बल फेस गरिन्। उनले ३ चौका प्रहार गरिन्। कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुशी डंगोलले ६ रन बनाएकी थिइन्।
यस्तै, ललितपुरकी कृतिका मरासिनीले ह्याट्रिक गर्दा पनि बागमतिको पारि ध्वस्त भएको थियो। मरासिनीले १२ औं ओभरका चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गर्न सफल भइन्। उनले खुशी चौधरीलाई बोल्ड आउट गर्दा विपिशा शाहीलाई क्याच आउट गरिन्। छैटौं बलमा भने उनले मनिषा उपाध्यायलाई बोल्डआउट गर्दै ह्याट्रिक पूरा गर्न सफल भइन्। उनले १४ औं ओभरको पहिलो बलमा पनि विकेट हात पार्दै लगातार चार बलमा चार विकेट लिइन्।
ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिएकी हुन्। सरस्वती चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन्। पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारिन्।