Kathmandu Press

संविधानमा देखिएका कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : कृष्ण सिटौला

नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्दै सिटौलाले संविधानमा देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन्।
संविधानमा देखिएका कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : कृष्ण सिटौला

काठमाडौं, वैशाख २८ : कांग्रेस नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशनकाे शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि जनताले परिवर्तनको महसुस गर्न नसकेकाले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन्।

Hardik ivf

राष्ट्रियसभा सदस्यसमेत रहेका उनले केन्द्रमा पटकपटक सरकार फेरिँदा त्यसको प्रभाव प्रदेशमा देखिएको बताए। राष्ट्रियसभा सदस्य सिटौलाले समग्र पार्टी पंक्ति एकाकार भएर जनतामाझ जानुपर्ने बेला आएको बताए।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले सदनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइन्। उनले कांग्रेस निकै संयमित बनेकाे देखेर सत्तापक्षले चुनाैती दिए अवस्था अर्कै हुने बताइन्।

कांग्रेसमाथि चौतर्फी रुपमा आक्रमण हुन थालेको बताउँदै सबै  नेताकार्यकर्ता एकताबद्ध भएर अघि बढ्रनुपर्नेमा जाेड दिइन्।

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्