Kathmandu Press

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौं : नेता निधि

नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए।
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौं : नेता निधि

जनकपुरधाम, वैशाख २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन्। 

नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो। 

Hardik ivf

'गृहमन्त्री लामिछानेले संसद्मा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो,' नेता निधिले भने। छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याउँदै उहाँले सांसदहरुले जनसरोकारका विषय सदनमा  उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे।

चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे। फरक प्रसङ्गमा उनले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उनले आग्रह गरे।

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्