एमालेसँग मिलेर सरकार फेर्ने खेलमा कांग्रेस छैन : महामन्त्री थापा
महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन समिति बनाए पनि राजीनामा नमाग्ने स्पष्ट पारे।काठमाडौं, वैशाख २९ : कांग्रेस महामन्त्री गगन थापाले आफूहरु एमालेसँग मिलेर सरकार परिवर्तन गर्ने खेलमा नरहेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीस्ँग उनले त्यस्ताे बताएका हुन्।
'कुनै नेताहरुले ठिक ढंगबाट धारणा व्यक्त गर्न सक्नुभएन होला। बुझाइ फरक पर्न गयो होला। हामी अहिले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छैनाैं। कांग्रेस एमाले मिल्नुपर्छ भन्नेतिर हामीलाई अहिले कुनै चासो छैन,’ उनले भने।
उनले एमालेसँग संविधान कार्यान्वयन निर्वाचन प्रणाली, संघीयता कार्यान्वयनलगायत विषयमा भने छलफल हुन सक्ने बताए। ‘यी दुई दल नमिले यो सम्भव हुँदैन। तर हामीले सरकारको विषयमा एमालेसँग न कुनै छलफल गर्नु छ न कुनै साँठगाँठ। हामीलाई सरकारमा जानु पनि छैन, भत्काउनु पनि छैन।’
महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन समिति बनाए पनि राजीनामा नमाग्ने स्पष्ट पारे।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)