Kathmandu Press

सहकारी ठगी प्रकरणको छानबिन समिति नबनाउनेतर्फ सरकार उद्यत रहेकाे कांग्रेसकाे निष्कर्ष

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले त्यस्ताे निष्कर्ष निकालेको हाे। सरकार छानबिन समिति नबनाई जबर्जस्ती अघि बढ्न खोजे पनि कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने महामन्त्री गगन थापाले बताए।
सहकारी ठगी प्रकरणको छानबिन समिति नबनाउनेतर्फ सरकार उद्यत रहेकाे कांग्रेसकाे निष्कर्ष

काठमाडौं, वैशाख २९ : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले त्यस्ताे निष्कर्ष निकालेको हाे। सरकार छानबिन समिति नबनाई जबर्जस्ती अघि बढ्न खोजे पनि कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने र संसद् अवरोध यथावत् रहने महामन्त्री गगन थापाले बताए।

Hardik ivf

‘संसदको गतिरोध पनि अन्त्य होस् हाम्रो माग पनि पूरा होस् भनेर लचकता राख्दा पनि सरकारले आफ्नो रवैया देखायाे। सभामुख पनि संसदको अवरोध अन्त्य गर्न संवेदनशील नभएकाे देखियाे,' उनले भने, 'प्रतिपक्ष दलले सदाशयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने काम भयो। यो हाम्रा लागि अप्रत्यासित भयो। हामी चाहिने भन्दा लचकता भइरहेका छौं।'

उनले थपे, 'गृहमन्त्रीले बोल्न पाउनुपर्छ। उहाँको कुरा सुन्ने हो भन्दै गर्दा जबर्जस्ती कार्यसूचीमा प्रवेश गर्ने काम भयो। संसद पनि चल्न नदिने छानबिन समिति पनि बन्न नदिनेतर्फ सरकार उद्यत भएको निष्कर्ष रह्यो।’

महामन्त्री थापाले संसदमा प्रस्तुत हुने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने बताए। त्यसका लागि सोमबार दिनकाे १ बजे बस्नेगरी संसदीय दलको बैठक बस्ने निर्णय गरिएको उनले बताए।

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्