‘विकासको मामिलामा राजनीतिभन्दा माथि उठेर एकजुट हुन आवश्यक’
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए।-(1)-1715411998.jpg)
काठमाडौं, वैशाख २९ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए।
उनले भने, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ। विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ। राजनीति त हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ। संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय निकायको निर्वाचनको बेलामा ४ महिना। बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ।’
उनले दलका नेताहरुले पार्टीका कुरा मात्रै नगरि पार्टीको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए। भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका महासेठले यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गर्ने दाबी गरे।
उनले भने,‘ पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन। हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन सक्दैनौँ। हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदैछौँ। विश्वास छ, यस वर्षसरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ।’












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)