Kathmandu Press

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

‘पूर्वाधार विकास होइन। विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौ,’ ओलीले भने।
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

काठमाडौं, वैशाख २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन्।

एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताए।

Hardik ivf

‘विकासका कुरा कतिले बुझ्दैनन्। कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन्। यो जरुरी छैन भन्ठान्छन्। यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,’ उनले भने, ‘तर पनि हामीले काम गरिरहेका छौं। अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ।’

अध्यक्ष ओलीले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।

कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने उनले बताए। उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए।

‘पूर्वाधार विकास होइन। विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौ,’ ओलीले भने।

उनले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए।  

नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उनले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे। अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताए।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्