Kathmandu Press

समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै

काठमाडौं, फागुन १४ : समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार सातसय ५५ उपसचि....

समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै

काठमाडौं, फागुन १४ : समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार सातसय ५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार सङ्घमा एक हजार पाँचसय १३, प्रदेशमा दुई सय ३७ र स्थानीय तहमा पाँच रहेका छन् ।

ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिने छन् । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ ।

यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार आठ सय १७ कर्मचारीलाई समायोजन गरेको छ । तीमध्ये संघमा २८ हजार २५, प्रदेशमा चार हजार आठ सय ४६ र स्थानीय तहमा पाँच हजार आठ सय ३५ छन् ।

प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताए ।

यसैगरी चार हजार सातसय ९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा तीन हजार ६ सय ४२, प्रदेशमा पाँच सय ९३ र स्थानीय तहमा पाँच सय ५८ रहेका छन् ।

समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उनले बताए । करीब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।

सरकारले सङ्घमा ४७ हजार नौसय २०, प्रदेशमा २२ हजार सातसय ५५ र स्थानीय तहमा ६७ हजार पाँचसय तीन कर्मचारी समायोजन गर्दैछ । रासस

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, फागुन १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्