Kathmandu Press

बाबुराम खनाल बने कपिवस्तु एमाले अध्यक्ष

१०औं जिल्ला अधिवेशनमा अहिलेका अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्।
बाबुराम खनाल बने कपिवस्तु एमाले अध्यक्ष

कपिलवस्तु, वैशाख २९ : बाबुराम खनाल एमाले कपिलवस्तुको अध्यक्षमा निर्वाचित भएका छन्।

१०औं जिल्ला अधिवेशनमा अहिलेका अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्।

खनालले २७८ मत ल्याउँदा शर्माले २५३ मत प्राप्त गरे। योसँगै खनाल अघिल्लो अधिवेशनमा प्राप्त हारको बदला पनि लिए।

यस्तै, उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सीबी गहतराज उपसचिवमा सुशिला दर्लामी र देवीबहादुर पोखरेल विजयी भएका छन्।

१०औं अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

प्रकाशित मिति: ०९:३४ बजे, शनिबार, वैशाख २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्