Kathmandu Press

जाजरकोट जाँदै गरेको ट्याक्टर भेरीमा खस्यो, २ जनाको मृत्यु

शुक्रबार दिउँसो भएको सो दुर्घटनामा ट्याक्टर चालक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको छ।
जाजरकोट जाँदै गरेको ट्याक्टर भेरीमा खस्यो, २ जनाको मृत्यु

रुकुम, वैशाख २८ : जाजरकोट जाँदै गरेको ट्याक्टर भेरी नदीमा खसेको छ।

रूकुम पश्चिमको आठबिसकोटबाट जाजरकोटको सिम्ना जाँदै गरेको भे २ त १६६८ नम्बरको ट्याक्टर आठबिसकोटको छोपारेबाट भेरी नदीमा खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

शुक्रबार दिउँसो भएको सो दुर्घटनामा ट्याक्टर चालक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको छ।

सो दुर्घटनामा ३ जना घाइते भएको छन्। प्रहरीका अनुसार घाइते हुनेमा  आठबिसकोट–१४ का चिन्तामणि शर्मा र विकास पोखरेल तथा सानोभेरी–४ का निशान बुढाथोकी छन्।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्