जाजरकोट जाँदै गरेको ट्याक्टर भेरीमा खस्यो, २ जनाको मृत्यु
शुक्रबार दिउँसो भएको सो दुर्घटनामा ट्याक्टर चालक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको छ।
रुकुम, वैशाख २८ : जाजरकोट जाँदै गरेको ट्याक्टर भेरी नदीमा खसेको छ।
रूकुम पश्चिमको आठबिसकोटबाट जाजरकोटको सिम्ना जाँदै गरेको भे २ त १६६८ नम्बरको ट्याक्टर आठबिसकोटको छोपारेबाट भेरी नदीमा खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो भएको सो दुर्घटनामा ट्याक्टर चालक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको छ।
सो दुर्घटनामा ३ जना घाइते भएको छन्। प्रहरीका अनुसार घाइते हुनेमा आठबिसकोट–१४ का चिन्तामणि शर्मा र विकास पोखरेल तथा सानोभेरी–४ का निशान बुढाथोकी छन्।
प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)