Kathmandu Press

संसदमा बोल्दै महामन्त्री थापाले भने–महान्यायाधिवक्ता गृहमन्त्री सामु लम्पसार पर्नुभयो

प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो भनाई राखेका हुन् । महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेमाथि सहकारी ठगीमा कुनै उजुरी नपरेको र अनुसन्धान समेत नभएको दाबी गर्दै पत्र दिएका थिए।
संसदमा बोल्दै महामन्त्री थापाले भने–महान्यायाधिवक्ता गृहमन्त्री सामु लम्पसार पर्नुभयो
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले महान्यायाधिवक्ता डा.दिनमणि पोख्रेल रवि लामिछाने सामु लम्पसार परेको आरोप लगाएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले यस्तो भनाई राखेका हुन् । महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेमाथि सहकारी ठगीमा कुनै उजुरी नपरेको र अनुसन्धान समेत नभएको दाबी गर्दै पत्र दिएका थिए।

थापाले संसदमा बोल्नेक्रममा भने, ‘कानूनले भन्छ, महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन, यहाँ त प्रभाव होइन । झुकाव राख्न हुँदैन भन्छ, झुकाव होइन। महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसारै परिसक्नुभयो। किन डराएको? किन आत्तिएको?’

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्