रेशम चौधरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार भएको वहशपछि पूर्ण सुनुवाइपछि नै निर्णय हुने भन्दै अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
काठमाडौं, वैशाख २६ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष दाबी गर्दै रेशम चौधरीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार भएको वहशपछि पूर्ण सुनुवाइपछि नै निर्णय हुने भन्दै अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
चौधरीले नाउपा अध्यक्षका रूपमा काम गर्न पाउनुपर्ने माग सर्वोच्च अदालत समक्ष गरेका थिए। चौधरी गत पुस २७ गते टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा चयन एका थिए।
निर्वाचन आयोगले उनलाई अध्यक्ष बनाउने गरी भएको टीकापुर महाधिवेशन अवैधानिक ठहर गर्दै रञ्जिता श्रेष्ठको पुरानै कार्यसमिति ब्युँताइदिएको थियो। त्यसपछि चौधरीले सर्वोच्चमा रिट दिएका थिए।
प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)