कोसी सरकार विवादमा अन्तरिम आदेश भएन, ९ गते पूर्ण सुनुवाइ
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएको बिषय रहेको भन्दै रिटलाई पूर्ण सुनुवाइमा पठाएको हो।
काठमाडौं, वैशाख २९ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएको बिषय रहेको भन्दै रिटलाई पूर्ण सुनुवाइमा पठाएको हो।
अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिटमाथि सुनुवाईका लागि पूर्ण इजलासमा पठाइएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको वैधानिकतामाथि प्रश्न उठाएका थिए।
नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग थियो। अब उक्त रिटमा जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइका लागि पेश हुने छ।
प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)