Kathmandu Press

चिया विकास निगममा भ्रष्टाचार भएकाे भन्दै चार जनाविरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ लाख ८९ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।
चिया विकास निगममा भ्रष्टाचार भएकाे भन्दै चार जनाविरुद्ध मुद्दा 

काठमाडौं, वैशाख २९ : झापा बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ लाख ८९ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।बिलोटियासँगै तत्कालीन लेखापाल मनीष कुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई पनि भ्रष्टाचारको अभियोग लगाइएको छ।

Hardik ivf

विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकम बुझाई भ्रष्टाचार गरेको उजुरीमा अख्तियारले अनुसन्धान सुरू गरेको थियो। 

अनुसन्धानकाक्रममा निगमले आर्थिक वर्ष २०६९÷०७० देखि २०७२÷०७३ सम्म तिर्नुपर्ने विद्युत् महसुल रकम एक करोड ९३ लाख ६५ हजार ६ सय ५१ रुपैयाँ रहेको तथ्य फेला परेको छ। तर, नक्कली बिल भरपाई पेस गरी दुई करोड ३३ लाख ५५ हजार तीन सय २९ रुपैयाँ लिन लगाएको अनुसन्धानमा भेटिएको छ। 
 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्