Kathmandu Press

सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परियोजना अन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने बताए।
सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

काठमाडौं, वैशाख २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परियोजना अन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने बताए।

Hardik ivf

'कुनै महामारी आयो भने तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको छ,' उनले भने, 'कोरोना भाइरसजस्तो महामारी फेरि नआउला भन्न सकिन्न। त्यसैले सम्भावित महामारीको क्षति कम गर्न, निदान र उपचारको तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको हो।' सङ्घ, प्रदेश तहमा पनि परियोजना लागु गरिनेछ। 

कूल एक करोड ८८ लाख अमेरिकी डलरमा सुरु भएको उक्त परियोजना विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र खाद्य तथा कृषि सङ्गठनको संलग्नतामा तीन वर्षसम्म सञ्चालन हुनेछ। उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रहेका देशले कोरोना भाइरसको बेला बनाएको कोषबाट नेपाललाई उक्त रकम प्राप्त भएको हो। 

महामारी कोषबाट परियोजना सञ्चालन गर्नका लागि विश्वभरिका एक सय ३३ देशबाट एक सय ७९ आवेदनमध्ये नेपालको प्रस्ताव छनोट भएको हो। नेपालमा २०७६ सालमा कोरोना भाइरस महामारी देखिएको थियो। कोरोना भाइरसको कारणले करिब १२ हजार मानिसको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्