संसदमा गृहमन्त्रीबाहेक अरू दलका नेता बोल्ने कार्यसूचीमा कांग्रेसको आपत्ति
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ माग गर्दै संसदीय छानबिन समिति बनाइनुपर्ने माग गर्दै आएको छ।
काठमाडौं, वैशाख २८ : सभामुख देवराज घिमिरेले राखेको प्रमुख दलका सचेतक र प्रमुख सचेतकको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अरु दलका शीर्ष नेताहरू बोल्ने कार्यसूचीमा प्रवेश गराउन नहुने अडान लिएको छ।
सभामुख घिमिरेले भने अरु दलका शीर्ष नेतालाई पनि सम्बाेधन गर्न दिने विषय कार्यसूचीमा राख्ने पक्षमा आफ्नो धारणा राखेपछि कांग्रेसले असहमती जनाएको हो। दुई चरणमा गरी प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ माग गर्दै संसदीय छानबिन समिति बनाइनुपर्ने माग गर्दै आएको छ।
कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरे पनि अरु दलका नेताहरुलाई बोल्ने विषय कार्यसूचीमा राख्न नहुने भनाई सभामुखसँगको छलफलमा राखेको हो।
सभामुखसँग दुई चरणको छलफलपछि अहिले प्रमुख दलका नेताहरू आ–आफ्ना शीर्ष नेताहरूसँग छलफलमा छन्।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)