Kathmandu Press

राष्ट्रियसभामा संसदीय छानबिन समीति गठन गर्न प्रमुख प्रतिपक्षको माग

राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे।
राष्ट्रियसभामा संसदीय छानबिन समीति गठन गर्न प्रमुख प्रतिपक्षको माग

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे।

Hardik ivf

'संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौं,' उनले भने, 'जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ। गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ।'

उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए। 'सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,' उनले भने।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्