अमेरिका र क्यानडाको प्रलोभनमा साढे पाँच करोड ठगी गर्ने गिरोह सार्वजनिक
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी गिरोहलाई सार्वजनिक गरेको हो। ठगीमा पीडितले दिएको उजुरीअनुरुप उनीहरु पक्राउ परेका हुन्।
काठमाडौं, वैशाख २८ : अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने एक गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी गिरोहलाई सार्वजनिक गरेको हो। ठगीमा पीडितले दिएको उजुरीअनुरुप उनीहरु पक्राउ परेका हुन्।
प्रहरीले सार्वजनिक गरेको उक्त गिरोहमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका, २ का ४७ बर्षिय टासी शेर्पा, सिन्धुपाल्चोक कर्थलीका कै ४२ बर्षिय ङिमबुटी शेर्पा र जिल्ला जुगल गाउँपालिका, १ की वर्ष १९ वर्षीया निमा शेर्पा छन्।
उनीहरुले १० जना पीडितबाट अमेरिका र क्यानाडा पठाइदिने प्रलोभनमा पारी पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
उनीहरुले थप १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब सात करोड ५० लाख रकम लिएको खुल्न आएको समेत प्रहरीले बताएको छ।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)