राष्ट्रपति चुरे संरक्षण अधिकृतविरुद्ध अदालतमा घुस मुद्दा
अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै पालले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको दाबीसहित अदालतमा मुद्दा दायर भएको हे।
काठमाडौं, वैशाख २८ : कैलालीस्थित जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध शुक्रबार घुस मुद्दा दायर गरिएको छ।
अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै पालले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको दाबीसहित अदालतमा मुद्दा दायर भएको हे।
पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीमा कार्यरत थिए। पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले गत वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो र सजायको मागदाी गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)