Kathmandu Press

राष्ट्रियसभा : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

सभाको बर्खे अधिवेशन तथा  १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे। 
राष्ट्रियसभा : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह

काठमाडौं, वैशाख २८ : राष्ट्रियसभाको आजको बैठकमा नेकपा एमालेका नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजंगलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गरेका छन्।

सभाको बर्खे अधिवेशन तथा  १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे। 

Hardik ivf

फरक सन्दर्भमा उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राखे।

नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्