कार्यव्यवस्था परामर्श समिति बस्न नसक्दा संसद बैठक सुरू गर्न ढिलाइ
दिनको २ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन।
काठमाडौं, वैशाख २८ : कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ हुँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। दिनको २ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन।
कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान साढे १२ बजे बस्ने भनिएको थियो। उक्त बैठक बस्न नसक्दा प्रतिनिधिसभाको बैठक धकेलिएको हो। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन कसरी गर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले दलका नेताहरुसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन बस्न लागेकाे हाे।
यस अधिवेशनको पहिलो बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ। सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउनेछन्।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)