रविको बचाउ गर्दै ओलीले भने– उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छन्
ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाएपछि राजीनामाको खेल सुरु हुने बताउँदै संसदीय समिति आवश्यक नभएको भनाई पनि राखे।
काठमाडौं, वैशाख २८ :ः सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताएका छन्।
ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाएपछि राजीनामाको खेल सुरु हुने बताउँदै संसदीय समिति आवश्यक नभएको भनाई पनि राखे।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त भनाई राखेका हुन्। कांग्रेसले भने जस्तो संसदीय समिति बनाए कांग्रेसले फेरि लामिछानेको राजीनामा माग्ने पनि ओलीले बताए।
‘संसदीय छानविन समिति बनिसकेपछि राजीनामाको खेल सुरु गर्नु हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्छन्।’
प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार