जहाज मर्मतमा ढिलाइ भएपछि निगमको छानबिन समिति
निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ।
काठमाडौं, वैशाख २८ : न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे नेपाल एयरलाइन्स व्यवस्थापनले छानबिन समिति गठन गरेको छ।
निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा झण्डै ६ महिनाभन्दा बढी समय लागेपछि छानविन समिति गठन गरिएको हो। निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ।
समितिलाई छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ। सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको बिषयमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको जनाइएको छ।
प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












