Kathmandu Press

अस्थिरता ल्याउने प्रयास राेक्न जसपा नेपाल विभाजन : ओली

'अस्थिरता ल्याउने प्रयासलाई असफल पार्न एउटा पार्टी विभाजन भएको छ। उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला। यो समीकरण ढाल्न लागेपछि त्यसमा सहमत हुन नसक्दा हामीले विभाजन गर्‍यौँ भनिराख्नुभएको छ।'
अस्थिरता ल्याउने प्रयास राेक्न जसपा नेपाल विभाजन : ओली

काठमाडाैं, वैशाख २८ : एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर अस्थिरता ल्याउने प्रयासलाई असफल पार्न उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको बताएका छन्।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले त्यस्ताे बताएका हुन्। 'अस्थिरता ल्याउने प्रयासलाई असफल पार्न एउटा पार्टी विभाजन भएको छ। उहाँहरूको अभिव्यक्ति सुन्नुभयो होला। यो समीकरण ढाल्न लागेपछि त्यसमा सहमत हुन नसक्दा हामीले विभाजन गर्‍यौँ भनिराख्नुभएको छ।'

Hardik ivf

उनले सहकारीमा समस्या रहेकाले त्यसको समस्या समाधान कसरी गर्ने भनेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिए। ‘सहकारीमा बेथिति भएको छ कि छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ?’ उनले भने, ‘अब रिसर्च के गर्ने? सरकारले कदम चाल्नुपर्‍यो कसरी समस्या समाधान गर्ने भनेर।’

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन्। उनले लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए। कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल गृहमन्त्रीको राजीनामा माग्ने खेल सुरुहुने ओलीले दाबी गरे।

गठबन्धन छाडेर आए डेढ वर्ष प्रधानमन्त्री बनाउने भनेर रविलाई प्रस्ताव गरेको र त्यसमा सहमत नभएपछि कांग्रेसले सहकारीको मुद्दा उठाएको ओलीको भनाइ थियो।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्