Kathmandu Press

पाँचखालमा पुरुषको शव फेला

जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 
पाँचखालमा पुरुषको शव फेला

काभ्रेपलाञ्चोक, वैशाख २८ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा जंगलमा आज बिहान पुरुषको शव फेला परेको छ। 

जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

करिब २५ वर्षको जस्तो देखिने पुरुषको शव पहिचान हुन नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरीचौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको हो। 

शवको प्रकृतिले घटना करिब दुई हप्ताअघि भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको थप अनुसन्धानका लागि काठमाडौँबाट तालिमप्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्