छानबिन समिति कांग्रेसको बटमलाइन : लेखक
कांग्रेस संसदीय दलको वैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समितिको अडानबाट नहट्ने निर्णय गरेको बताएका छन्।-1704528178.jpg)
काठमाडौं, वैशाख २८ : कांग्रेसले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएको भन्दै पछि नहट्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको वैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समितिको अडानबाट नहट्ने निर्णय गरेको बताएका छन्।
लेखकले विपक्षको मागलाई सम्बोधन गर्न तयार नभए सदनमा हुने गतिरोधको जिम्मेवार पनि सरकार नै हुनुपर्ने भनाई राखे । कांग्रेसले संसद बैठकमा आफूहरूले कुरा राख्ने जानकारी पनि दिए।
प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












