नाउपाको अध्यक्ष विवादमा सर्वोच्चमा सुनुवाइ शुरु
निर्वाचन आयोगले नाउपाका संरक्षक रेशम चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि विवाद सर्वोच्च पुगेको थियो।
काठमाडौं, वैशाख २८ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष विवादमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
निर्वाचन आयोगले नाउपाका संरक्षक रेशम चौधरीलाई अध्यक्षको मान्यता नदिएपछि विवाद सर्वोच्च पुगेको थियो।
चौधरीले आयोगको निर्णय बदर गरी आफुलाई अध्यक्षको मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ।
आयोगले रेशमकी पत्नी रञ्जिता श्रेष्ठलाईको मान्यता दिएको छ । चौधरीको तर्फबाट वहश सकिएपछि आजै विपक्षीका कानुनव्यवसायीको वहश शुरु हुने जनाइएको छ।
प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












