स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका दुवैजना सुन तस्करीमा संलग्न
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बिहीबार राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो तथ्य फेला परेको हो।
काठमाडौं, वैशाख २८ : स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका दुईजना यसअघि सुन तस्करीमा संलग्न रहेको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बिहीबार राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो तथ्य फेला परेको हो। उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो।
आज बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक दुवैजना बुटवलका रहेको र दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












