Kathmandu Press

अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरी शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल गर्न सुरू गरेको हो।
अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन
Hardik ivf

काठमाडाैं, वैशाख २८ : अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ। त्यसका लागि दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ। हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरी शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल गर्न सुरू गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नवलपरासी पुगेर प्लान्टको उद्घाटन गरे। सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै सरकार लगानी सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए। दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री नवलपरासी रामग्राम–६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर हुन्डाईको एसेम्बल गाडी पनि चढे। लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ। प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यु गाडी चढेका हुन्। बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्