शिक्षक महासंघको अध्यक्षमा सुवेदी
यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो। महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो।काठमाडौं, वैशाख २८ : नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ। सुवेदी यसअघि महासंघका महासचिव थिए।
यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो। महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो।
विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले भाग लिएको थिएन। सहमति जुट्न नसकेपछि संगठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासंघको नेतृत्व चयन गरिएको र संगठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।
महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले बताए।